सहआयोजक क्यानडासामु बोस्नियाको चुनौति

सहआयोजक क्यानडासामु बोस्नियाको चुनौति

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विश्वकपमा आफ्नो पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनाको शुक्रबार सामना गर्दा आयोजक क्यानडा चर्को दबाबमा हुनेछ । किनभने यो टोलीको फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मोड रहनेछ ।

क्यानडाले हालै उल्लेख्य प्रगति गर्दै सेमिफाइनलसम्म यात्रा गरे पनि, बोस्नियाले युरोपेली छनोटमा इटालीलाई हराउँदै आफ्नो क्षमता देखाइसकेको छ। दुवै टिम नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्, जहाँ क्यानडाका जोनाथन डेविड र बोस्नियाका कप्तान एडिन जेको निर्णायक बन्न सक्छन्। विश्वकपमा क्यानडाको इतिहासमा असाध्यै पीडादायी छ ।

अहिलेसम्म खेलेका ६ खेलमध्ये सबैमा क्यानडा पराजित छ । सन् १९८६ देखि २०२२ बीचका विश्वकपको सहभागितापछि अहिले क्यानडा फुटबलमा आफ्नो पहिचानको खोजीमा छ । तर प्रशिक्षकमा जेसे मार्स्च आएयता क्यानडाले राम्रो प्रगति गरेको छ । यसैक्रममा क्यानडाले कोपा अमेरिकामा डेब्यु गरेको छ । टोलीले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

अन्तिम चारको खेलमा क्यानडा च्याम्पियन बनेको अर्जेन्टिनासँग पराजित भएको थियो । अहिले भने टिम प्रगतिको सबैभन्दा ठूलो सम्भावना फरवार्ड जोनाथन डेविडमा टिक्ने छ । उनी क्यानडाका लागि सर्वाधिक ३९ गोल गर्ने खेलाडी हुन् । उनी नै त्यस्ता खेलाडी रहेका छन्, जसले विश्वकपमा क्यानडाको लगातारको असफलतामाथि पूर्णविराम लगाउँदै नयाँ इतिहास रच्न सक्छन् ।

यही बाटोमा अवरोध तेर्स्याउने काम बोस्नियाले गर्नेछ । विश्वकपमा दोस्रोपल्ट खेल्ने क्रममा रहेको बोस्निया त्यही टिम हो, जसले युरोपेली छनोटको प्लेअफमा चारपल्टको विश्वकप विजेता इटालीलाई पेनाल्टी शुटआउटमा हराएको थियो । बोस्नियाले सबैभन्दा पहिले सन् २०१४ मा विश्वकप खेलेको थियो र त्यति बेलाका दुई खेलाडी अहिले पनि टिममा छन् ।

त्यसमध्ये एक हुन्, कप्तान एडिन जेको । बोस्नियाली टिमका लागि उनी खेलाडीभन्दा पनि अभिवावक जस्ता छन् । टिम आफैंमा युवा छ र यसले विश्वकपमा राम्रो प्रभाव छाड्न सक्ने विश्वास गरिएको छ । यसपल्टको विश्वकपमा ४० वर्षमाथिका ८ खेलाडी छन् । त्यसमध्ये जेको पनि एक हुन् । उनी नै बोस्नियाका लागि सर्वाधिक गोलकर्ता हुन् । यस अर्थमा उनी नै अहिलेको टिमका सबैभन्दा महत्त्वपूर्ण खेलाडी पनि हुन् ।

Logo