काठमाडौं,१,पुस
अब बन्ने संसदमा पाँचवटा दलले मात्र राष्ट्रिय मान्यता पाउने संकेत देखिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलले राष्ट्रिय मान्यता पाउन आवश्यक तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका छन्। "/>

साना दलहरुले मत पाए,सिट पाएनन्

साना दलहरुले मत पाए,सिट पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
अब बन्ने संसदमा पाँचवटा दलले मात्र राष्ट्रिय मान्यता पाउने संकेत देखिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलले राष्ट्रिय मान्यता पाउन आवश्यक तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका छन्। राजनीतिक दलसँग सम्बन्धित ऐनले राष्ट्रिय मान्यता पाउन प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा न्यूनतम एक सिट जित्नु पर्ने र समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधित्वका लागि दलहरूले ल्याउनु पर्ने न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’ तीन प्रतिशत तोकेको थियो।

न्यूनतम मत सीमा वा थ्रेसहोल्डमा व्यवस्था गरिए अनुसार समानुपातिकतर्फ सदर भएको मतको कम्तीमा ३ प्रतिशत ल्याउने दल मात्र संघीय संसदमा उपस्थित हुनेछन्। यसले गर्दा अब बन्ने संसदमा दलहरूको संख्या ह्वात्तै घट्ने भएको छ। थ्रेसहोल्ड कटाएका दलहरूमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार समानुपातिक तर्फ ५ दलले थ्रेसहोल्ड कटाइसकेका छन् भने अन्य केहीले त्यसका लागि संघर्ष गरिरहेका छन्। ‘समानुपातिकबाट सिट पाउने सन्दर्भमा गरिएको व्यवस्था अनुसार यसपटक समानुपातिकमा थ्रेसहोल्ड पार गर्न सक्ने दलहरू सीमित हुने देखिएको छ।’ –उनले भने।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सिट जिते पनि चार दलले थ्रेसहोल्ड कटाउन सकेनन्। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६९३ मत ल्याएका छन्। संसदमा ती दलहरूको हैसियत स्वतन्त्रको दलको हैसियतमा सीमित हुनेछ। अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेका छन्। त्यसैगरी प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८० मत र विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३ मत ल्याएको छ। आयोगका अनुसार कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुने छैन।

नेपाल समाचारपत्रबाट

Logo