विश्वकप २०२६ : पाराग्वेमाथि अमेरिकाको प्रभावशाली जित

विश्वकप २०२६ : पाराग्वेमाथि अमेरिकाको प्रभावशाली जित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । विश्वकप २०२६ को समूह चरणको खेलमा सहआयोजक अमेरिकाले दमदार विजयी सुरुवात गरेको छ । समूह ‘डी’ मा रहेका अमेरिकाले पाराग्वेमाथि ४-१ गोलअन्तरले हराउदै विजयी भएको हो ।

अमेरिकाले पाराग्वेविरुद्ध खेलमा सातौं मिनेटमा अग्रता लिएको थियो । यो गोल भने आत्मघाती रह्यो । अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा डामिन बोबाडिलाले आफ्नै पोस्टमा गोल गरे ।

खेलको ३१ औं र ४५ औंमिनेटमा फ्लोरिन बागोगनले अमेरिकाको लागि गोल गरे । अर्को गोल ९०औं मिनेटमा जिओभानीले गरे र जित दिलाए । पाराग्वेका लागि माउरिसियोस ७३ औं मिनेटमा एक गोल गरे ।

रक्षापंक्तिमा बढी जोड दिने पाराग्वे हारले दबाबमा रहनेछ । पहिलो अमेरिकाले बुनेको शृंखलाबद्ध आक्रमण अगाडि पाराग्वे त्यसलाई रोक्नमै ब्यस्त रहेको थियो ।

Logo