चौधरी ग्रुपले भित्र्यायो बेलायती ब्राण्ड ‘गुडम्यान्स’, आधुनिक इलेक्ट्रोनिक्स सामग्री नेपाली बजारमा

चौधरी ग्रुपले भित्र्यायो बेलायती ब्राण्ड ‘गुडम्यान्स’, आधुनिक इलेक्ट्रोनिक्स सामग्री नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले विश्वप्रसिद्ध बेलायती ब्राण्ड ‘गुडम्यान्स’ नेपाली बजारमा भित्र्याएको छ। सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस बेलायती ब्राण्डले नेपाली उपभोक्तामाझ आधुनिक तथा गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनसहित उपस्थिति जनाएको हो।

अडियो स्पिकर उत्पादनबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको गुडम्यान्स आज विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स उत्पादनहरूको विश्वासीलो ब्राण्डका रूपमा स्थापित भइसकेको छ। उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै आएको गुडम्यान्सले विश्वका विभिन्न देशहरूमा आफ्नो सफल उपस्थिति विस्तार गरिसकेको छ।

ब्राण्डले हाल नेपाली बजारमा राइस कुकर, केटल, आइरन, ब्लेन्डर तथा जुसर एक्स्ट्राक्टर, स्टिक ब्लेन्डर, ह्यान्ड मिक्स्चर, कफी, टोस्टर तथा स्यान्डविच मेकर, पर्सनल केयर र अडियो जस्ता उपकरण लगायतका विविध उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यसहित गुडम्यान्सले नयाँ प्रविधिमा आधारित उत्पादनहरू विकास गर्दै आएको जनाएको छ।

गुडम्यान्सले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई गुणस्तरीय अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि तथा उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

विश्व बजारमा स्थापित ब्राण्डको रूपमा रहेको गुडम्यान्सले नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू निरन्तर बजारमा ल्याउने योजना बनाएको छ। यी उत्पादनहरूको थप जानकारीका लागि सिजी डिजिटल तथा आधिकारिक विक्रेताकोमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

Logo