काठमाडौं,१,पुस
काभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानै देखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने। "/>

हिँडेरै ७७ जिल्ला पुग्ने शरदको योजना

हिँडेरै ७७ जिल्ला पुग्ने शरदको योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
काभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानै देखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने। इच्छा राख्दैमा उद्देश्य चुम्न सकिँदैन भन्ने पनि उनलाई थाहा छ। तर जीवनको एक मात्र लक्ष्यलाई सार्थक पार्न पूर्व तयारी स्वरूप उनले अहिले एउटा अभियान थालेका छन्, ‘हिँडेरै मुलुकको ७७ जिल्लाको सदरमुकाम छुने।

सगरमाथा चुम्ने लक्ष्य लिएका व्यक्तिले किन पैदल यात्रालाई रोज्नुपर्‍यो त , ‘एकै पटक सगरमाथा चढ्न गइयो भने कठिन हुन्छ। त्यसै माथि सगरमाथा चढ्न केही आर्थिक जोहो पनि गर्नु पर्ने हुन्छ, कक्षा १२ पढ्दै गरेका शरद भन्छन्, ‘७७ जिल्लाको सदरमुकाम पुगिसकेपछि यसैको संस्मरण समेटेर पुस्तक लेख्छु। पुस्तकबाट आर्जन भएको रकमबाट सगरमाथा चढ्ने अभियानको सुरुवात गर्छु। भदौबाट पैदल यात्रा सुरु गरेका शरद अहिले सम्म ३४ जिल्ला सदरमुकाम पुगिसकेका छन्। ‘१५ महिनाको अवधिमा सबै जिल्ला पुग्ने योजना छ, कोइरालाले भने, ‘मुलुकमा शान्ति, मेलमिलाप तथा राजनीतिक स्थिरता कायम गर्नु मेरो पैदल यात्राको मूल सन्देश हो।

यात्रामा उनले एकै दिनमा ४६ किलोमिटर सम्म हिँडेका छन्। पैदल यात्रा सुरु गर्नु अघि उनीसँग खल्तीमा सात सय रुपैयाँ मात्र थियो। ‘त्यो पैसा दुई दिनमै सकियो। कति दिन त भोकै पनि हिँडेँ। कुनै जिल्लामा पुगेपछि जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा खाना खाएँु, भक्तपुरमा कपडा पसल सञ्चालन गरिरहेका बाबु आमाका एक मात्र छोरा शरदले भने, ‘बाबु आमासँग पैसा मागेको छैन। उहाँहरूसँग पैसा नमागी यात्रा सफल पार्ने योजना बनाएको छु । यात्रामा धेरैजसो जिल्लामा सबैको साथ पाएको उनले बताएका छन्।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo