काठमाडौं,१,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आर्थिक वर्षमा १५४ वटा मुद्दाको विस्तृत अनुसन्धान पछि ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार रुपैयाँको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको प्रतिवेदनमा बताइएको छ । "/>

एक वर्षको बिगो साँढे ११ अर्ब भन्दा वढी

एक वर्षको बिगो साँढे ११ अर्ब भन्दा वढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आर्थिक वर्षमा १५४ वटा मुद्दाको विस्तृत अनुसन्धान पछि ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार रुपैयाँको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको प्रतिवेदनमा बताइएको छ । विशेष अदालतमा २६७ जना प्रतिवादी बनाउँदै सो रकम असुल उपर गर्न माग गरी मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्दै सो मुद्दा दायर गरेको जनाइएको छ ।

अख्तियारले नेपालको संविधानको धारा २९४ बमोजिम २७ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । सो प्रतिवेदनका अनुसार गत आवमा आयोगबाट १९ हजार ५८० उजुरीउपर अनुसन्धान भएको थियो । गत आवमा मात्रै सार्वजनिक निकायहरूमा हुने भ्रष्टाचार जन्य तथा अनियमितताका ११ हजार ७०४ उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । ७ हजार ८७६ वटा उजुरी भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको थियो ।
राजधानीबाट

Skip This
Skip This
Logo