३ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो !

३ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२९, मंशिर
नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँ बराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्ष सम्म रहने राष्ट्र बैंकको भनार्इ छ । आर्थिक वर्ष ०७३,७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख बराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ । बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोट कोष मार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo