ठेकेदारको ‘खुट्टा भाँच्न’ मन्त्री सुनिल लम्सालले किन दिए निर्देशन ?

ठेकेदारको ‘खुट्टा भाँच्न’ मन्त्री सुनिल लम्सालले किन दिए निर्देशन ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’भनी सार्वजनिक रूपमा निर्देशन दिएका छन् ।

आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षणमा पुगेका मन्त्री लम्सालले धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयलाई सँगै राखेर बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा उनले भनेका छन्, ‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन । यिनीहरूले चाँडै भन्दा चाँडै पोल सार्न पर्‍यो। यहाँको पब्लिकले धेरै दु:ख पायो। उनीहरूलाई काम गर्न लगाउन पर्‍यो राम्रोसँग। यो पोलको है, बिजुलीको पोलको।’

सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्ष अगाडि नै बिजुलीको पोल सार्ने सम्झौता भएको थियो र प्राधिकरणले ठेक्का पनि लगाएको थियो। तर ठेकेदार कम्पनीले सार्नुपर्ने पोल सारेको छैन। यसले बाटोमा काम गर्ने ठाउँ नै नभएको गुनासो आइरहेको छ । यसैबीच अनुगमनमा रहेका मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

Logo