काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहितका आरोपीहरू विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोगपत्र संशोधन गर्दै लामिछाने सहितका प्रतिवादीमाथि अब सहकारी ठगीको मुद्दा मात्रै चलाउने आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सरकारका तर्फबाट पेस भएको अभियोगपत्र संशोधनको निवेदनलाई सदर गरेको छ।
इजलासको आदेशमा विशेषगरी पीडित बचतकर्ताहरूको हित संरक्षण र रकम फिर्ता पाउने मार्ग प्रशस्त गर्ने उद्देश्यले अभियोग संशोधन गरिएको उल्लेख छ।





























प्रतिक्रिया