केएमसी बागबजारलाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’

केएमसी बागबजारलाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’

केन्द्रबिन्दु
516
Shares

काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ‘काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी)’ ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’बाट सम्मानित भएको छ ।

मंगलबार ललितपुर स्थित ‘द प्लाजा’मा केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’मा गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशक लामो यात्रा तय गरिसकेको केएमसी बागबजारलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपाली शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको केएमसीले विद्यार्थीहरूको शैक्षिक उत्कृष्टताका साथै नैतिक र व्यावहारिक शिक्षामा समेत विशेष जोड दिँदै आएको छ। अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण पद्धति र अनुभवी प्राध्यापकहरूको मार्गनिर्देशनका कारण निरन्तर शतप्रतिशत नतिजा निकाल्न सफल केएमसी आज अनुशासित र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने मुलुककै एक उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ । केएमसीको सफलताको मुख्य सूत्र भनेको केवल सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिनु हो ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo