ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुललाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’

ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुललाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । डिल्लीबजारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’ बाट सम्मानित भएको छ।

ललितपुरस्थित द प्लाजामा मंगलबार केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा ट्रिनिटीलाई उक्त सम्मान प्रदान गरिएको हो।

लामो समयदेखि नेपाली शैक्षिक जगतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटीले आफ्नो उत्कृष्ट पठनपाठन शैली, उत्कृष्ट शैक्षिक नतिजा, आधुनिक सुविधासम्पन्न भौतिक पूर्वाधार र विद्यार्थीहरूको सर्वांगीण विकासमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो ।

विगत लामो समयदेखि विज्ञान, व्यवस्थापन र मानविकी संकायका साथै ए लेभलमा समेत आफूलाई अब्बल साबित गर्दै आएको ट्रिनिटीले व्यावहारिक र आधुनिक सिकाई पद्धतिलाई आत्मसाथ गर्दै आएको छ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo