काठमाडौं । पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को विशेष समारोहका बीच गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सो प्रतिष्ठित सम्मान अर्पण गरिएको हो ।
ललितपुरको लगनखेलस्थित पिनाकल एकेडेमीको प्रिन्सिपलका रुपमा रहेर डा. तिवारीले शिक्षा क्षेत्रमा पुर्याएको समर्पित योगदान, कुशल शैक्षिक नेतृत्व, नवप्रवर्तनशील शिक्षण अभ्यास तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निर्वाह गरेको भूमिका अनुकरणीय रहेको छ ।
उनले शिक्षालाई केवल ज्ञान आर्जनको माध्यम मात्र नभई व्यक्तित्व निर्माण, नैतिक विकास र भविष्य निर्माणको बलियो आधारका रूपमा स्थापित गर्ने अभियानको नेतृत्व गर्दै आएका छन् । उनको यही समर्पण, उच्च नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनले शैक्षिक जगत्मा छुट्टै पहिचान बनाएको छ ।
केन्द्रबिन्दुले नेपाली शिक्षा क्षेत्रको गुणात्मक विकास र संस्थागत सुधारमा पुर्याएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया