विश्व निकेतन मावि देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

विश्व निकेतन मावि देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा विश्व निकेतनले गुणस्तरीय शिक्षा, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पु¥याएको उल्लेखनीय योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको हो।

त्रिपुरेश्वरमा वि.सं. २००३ सालमा स्थापना भएको यस विद्यालयले २०५२ सालदेखि प्लस टु कार्यक्रम सुरु गरी गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा एक बलियो आधारशिला तयार पारेको छ।

वरिष्ठ शिक्षाविद् र अनुभवी शिक्षकहरूको व्यवस्थापनमा सञ्चालित विश्व निकेतनले हाल विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटै संकायमा अध्यापन गराउँदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका यी कार्यक्रमहरू बिहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन हुने गर्दछन्।

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्व निकेतनले आफ्नो उत्कृष्ट नतिजा र सबल भौतिक पूर्वाधारका कारण पटक-पटक राष्ट्रिय सम्मान प्राप्त गरेको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Logo