काठमाडौं, २८, मंशिर
राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ । "/>

प्रधानमन्त्री पहिले कि संसद बैठक ?

प्रधानमन्त्री पहिले कि संसद बैठक ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८, मंशिर
राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ । प्रतिनिधिसभा बैठक बस्न ढिलाइ हुने देखिए पछि बैठक अगावै पनि नयाँ प्रधानमन्त्री चयन हुन सक्ने एकथरी संविधानविद्ले तर्क गरिरहेका छन् । तर केही संविधानविद्ले भने राष्ट्रियसभाको चुनावपछि प्रतिनिधिसभाको बैठक आह्वान हुने र त्यसपछि मात्र प्रधानमन्त्रीको निर्वाचन हुने तर्क गरिरहेका छन । राष्ट्रियसभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको अधिवेशन आह्वान हुने तर्कले नयाँ सरकार गठनमा ढिलाइ हुने देखिन्छ ।अन्तरिम संविधानले संसदबाट मात्र प्रधानमन्त्री चयन हुने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार विगतमा संसदमा बहुमत सिद्ध गर्ने नेता मात्र प्रधानमन्त्री चयन हुने गरेका थिए ।

नयाँ संविधानले भने ०४७ सालकै जस्तो राष्ट्राध्यक्षबाट प्रधानमन्त्री चयनको व्यवस्था गरेको छ । ‘प्रधानमन्त्री चयनका लागि प्रतिनिधिसभाको बैठक कुर्नु पर्दैन’, कानुनविद एवं एमाले नेता अग्नि खरेलले भने, ‘दलहरूले संसदीय दलको नेता छान्ने र बहुमत सहित राष्ट्रपतिमा जानकारी गराएको अवस्थामा राष्ट्रपतिबाट प्रधानमन्त्री चयन हुन्छ । त्यस्तो प्रधानमन्त्रीले एक महिना भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ ।’ प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३० दिनपछि मात्र संसद्को अधिवेशन बस्नेछ । त्यसरी हेर्दा माघ पहिलो साता भित्र प्रतिनिधिसभाको अधिवेशन बस्ने अवस्था देखिए पनि प्रधानमन्त्री चयन भने त्यस अगावै हुने खरेलको दाबी छ । ‘अबको प्रधानमन्त्री चयन संसद्ले गर्दैन,’ खरेलले भने ।
संविधानको धारा ७६ को (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुनेछ’, भन्ने व्यवस्था गरेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo