काठमाडौं । कमलपोखरीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था किस्ट सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा किस्टलाई उक्त सम्मान प्रदान गरिएको हो।
कक्षा ११ र १२ को विज्ञान तथा व्यवस्थापन संकायमा देशकै उत्कृष्ट स्कुलमध्ये पर्ने किस्टले आफ्नो तीन दशक लामो यात्रामा हजारौं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य उज्ज्वल बनाउन सफल भएको छ।
समर्पित र दक्ष प्राध्यापकहरूको समूह नै किस्टको सफलताको मुख्य कडी हो। स्कुलले व्यावहारिक, विद्यार्थी केन्द्रित र हेरचाहपूर्ण शिक्षण पद्धति अपनाउँदै आएको छ। जसका कारण राष्ट्रिय स्तरका प्रमुख परीक्षाहरूमा किस्टका विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्।
केन्द्रबिन्दुले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया