युनिग्लोब प्रिमियर स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

युनिग्लोब प्रिमियर स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजाका लागि परिचित युनिग्लोब प्रिमियर स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा युनिग्लोब प्रिमियरलाई उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित यस संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व विकास र समग्र व्यक्तित्व निर्माणलाई मूल आधार बनाएर कक्षा ११ र १२ अन्तर्गत विज्ञान र व्यवस्थापन संकायको शिक्षालाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ।

यहाँको आकर्षण र विशेषता भनेकै ‘विद्यार्थी केन्द्रित’ र ‘प्रविधिमैत्री’ शिक्षण पद्धति हो। विद्यार्थीहरूको प्रगति नियमित रूपमा अभिभावकसँग समन्वय गरी मूल्यांकन गरिन्छ। आवश्यकताअनुसार अतिरिक्त कक्षा, अनलाइन शैक्षिक सहयोग, करिअर काउन्सिलिङ तथा मेन्टरसिप कार्यक्रम सञ्चालन गरिन्छ। साथै, एसईईको नतिजा र प्रवेश परीक्षाका आधारमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्थाले जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गरेको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Logo