काठमाडौं । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजामार्फत शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल काठमाडौं बनहार्ट सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा काठमाडौं बनहार्टलाई उक्त सम्मान प्रदान गरिएको हो।
राजधानीको बल्खुमा अवस्थित यस विद्यालयले विगत लामो समयदेखि विज्ञान, व्यवस्थापन र कानुन संकायमा अब्बल नतिजासहित विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।
लामो शैक्षिक इतिहास बोकेको बन्र्हाटले विद्यार्थीको चौतर्फी विकास, अत्याधुनिक भौतिक पूर्वाधार, र प्रविधिमैत्री शिक्षण पद्धतिलाई आत्मसात् गर्दै आएको छ । केन्द्रबिन्दुले देशैभरका उत्कृष्ट प्लस टु कलेजहरूमध्येबाट शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, व्यवस्थापन क्षमता र विद्यार्थीहरूको उपलब्धिलाई मुख्य आधार बनाएर यो मूल्यांकन गरेको हो ।
केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया