मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो।

देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा हासिल गरेको उत्कृष्ट परीक्षाफललाई मुख्य आधार मानी यस वर्ष मोर्गनलाई यो प्रतिष्ठित अवार्डका लागि छनोट गरिएको हो । यस स्कुलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आधुनिक शिक्षण पद्धति, सुविधासम्पन्न भौतिक पूर्वाधार र प्रयोगात्मक सिकाईलाई प्राथमिकता दिँदै आएको छ।

मोर्गन स्कुलमा हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन सञ्चालन भइरहेको छ । उच्च शिक्षाको आधारस्तम्भ मानिने प्लस टु तहमा विद्यार्थीहरूलाई भविष्यको सुनौलो बाटो तय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यहाँ शैक्षिक मैत्री वातावरणको सिर्जना गरिएको छ। शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस स्कुलमा पासआउट हुने विद्यार्थीको संख्या पनि शतप्रतिशत छ ।

परम्परागत शिक्षा प्रणालीलाई परिमार्जन गर्दै मोर्गनले सूचना प्रविधिका अत्याधुनिक विषयहरूलाई प्राथमिकतामा राखेको छ। यहाँका विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, डाटा साइन्स र अटो मेशिन लर्निङ जस्ता भविष्यका उदीयमान विषयहरूमा अध्ययन र अनुसन्धान गर्ने अवसर पाउँछन्।

केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ।

Logo