सेन्ट लरेन्स सेकेण्डरी स्कुललाई ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

सेन्ट लरेन्स सेकेण्डरी स्कुललाई ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्ने प्रतिबद्धतासहित गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्दै आएको सेन्ट लरेन्स सेकेण्डरी स्कुल यस वर्षको ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा सेन्ट लरेन्सलाई उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौंको चाबहिलमा अवस्थित सेन्ट लरेन्सले विज्ञान, व्यवस्थापन तथा अन्य शैक्षिक धारामा उत्कृष्ट नतिजासँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास र व्यक्तित्व निर्माणलाई पनि समान प्राथमिकता दिँदै आएको छ । आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली तथा प्रविधिमैत्री वातावरणका कारण सेन्ट लरेन्स विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ ।

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ ले देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरूको योगदानलाई सम्मान गर्दै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । विभिन्न विधामा प्रदान गरिने उक्त अवार्ड कार्यक्रममा देशभरका प्रतिष्ठित विद्यालय, कलेज, शिक्षाविद् तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo