धादिङ , २८, मंशिर

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ भएको मतगणनामा धादिङमा ३८ वटा पार्टीले १ सय मत पनि कटाउन सकेनन । "/>

समानुपातिकमा ३८ दलले सय मत पनि कटाएनन् !

समानुपातिकमा ३८ दलले सय मत पनि कटाएनन् !

केन्द्रबिन्दु
0
Shares

धादिङ , २८, मंशिर

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ भएको मतगणनामा धादिङमा ३८ वटा पार्टीले १ सय मत पनि कटाउन सकेनन । प्रतिनिधिसभातर्फ प्रतिस्पर्धामा रहेका ४९ पार्टी मध्ये ११ वटा पार्टीले मात्रै सयको आँकडा पार गर्न सके । सय नकटाउने ३८ वटा पार्टी मध्ये १६ पार्टीले दोहोरो अंकमा समेत मत ल्याउन सकेनन । २ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा सबैभन्दा थोरै मत पाउँनेमा नेपाल युवा पार्टी रहेको छ । उसले २ मत मात्रै पाएको छ ।
मतपरिणाम अनुसार वामगठबन्धनको एक घटक नेकपा एमाले ५८ हजार ९ सय ५० मत सहित पहिलो भएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ४२ हजार ८ सय ६१ मत पाउँदा नेकपा माओवादी केन्द्रले २५ हजार ७ सय ७० मत सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि धादिङमा ९ हजार ५ सय २९ मत ल्याएको छ । त्यस्तै प्रदेशसभातर्फ पनि २० पार्टीले सयको आँकडा छुन सकेनन । त्यस मध्ये ४ वटा पार्टीले दोहोरो अंकमा मत ल्याउन सकेनन । ४ वटा प्रदेश रहेको धादिङमा प्रदेशसभा तर्फ सबैभन्दा थोरै मत ल्याउने पार्टीमा नेकपा माक्सवादी पार्टी रहेको छ । चारवटा प्रदेशबाट उसले जम्मा ५ मत मात्रै पाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo