चितवनमा अपहरणमा परेका बालक काठमाडौंबाट सकुसल उद्दार, ५ जना भारतीय नागरिक पक्राउ

चितवनमा अपहरणमा परेका बालक काठमाडौंबाट सकुसल उद्दार, ५ जना भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो । चितवनको नारायणगढबाट सोमबार (असार १) साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो ।

पाँच/६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा ल्याएका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ ।

“बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने ।

अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार छन् ।

घटनामा संलग्नहरूको आपराधिक पृष्ठभूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Logo