केन्द्रबिन्दु संवाददाता । २७ मंसिर, काठमाडौं ।
लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त माग गरेको हो ।
व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा लोकसेवाले खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी/जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।
आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता गरी ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ ।
दरखास्त फारम अनलाइनबाटै भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म र दोब्बर दस्तुरमा पुस २५ गतेसम्म दिन सकिनेछ ।































प्रतिक्रिया