काठमाडौं,२७,मंशिर
केन्द्रविन्दु समाचारदाता

विगत ४ वर्ष देखि अंग्रेजी महिनाको पहिलो दिन जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएको जागरुक युवा अभियान नेपालले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने भएको छ । "/>

जागरुक युवा अभियानले जनवरी १ मा नेपाली टोपी दिवस मनाउने

जागरुक युवा अभियानले जनवरी १ मा नेपाली टोपी दिवस मनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
केन्द्रविन्दु समाचारदाता

विगत ४ वर्ष देखि अंग्रेजी महिनाको पहिलो दिन जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएको जागरुक युवा अभियान नेपालले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने भएको छ । यो बर्ष पनि अभियानले जनवरी १ लाई ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारा सहित पाँचौ अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागेको हो । सो संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै आगामी जनवरी १ अर्थात पुस १७ गते विहान ७ बजे राजधानीको माइतीघर मण्डलामा जम्मा भई प्रभातफेरी कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

‘विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । पहिचानको मुख्य आधार मानिने पोशाकलाई अधिकांश मुलुकले आफ्नो पहिचानका रुपमा सुचिकृत गरेका छन । तर नेपाल र नेपालीलाई विश्व समुदाय माझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा, सुरुवाल टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको छ । हामी यसको निरन्तरताको माग गर्दर्छौ ‘ – विज्ञप्तीमा भनिएको छ । सो दिन सबैलाई नेपाली पोशाकमा उपस्थिती भई कार्यक्रममा सहभागी हुनका लागी अनुरोध गरिएको जागरुक युवा अभियान नेपालका संयोजक एवं संचारकर्मी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

 

Skip This
Skip This
Logo