धनगढी ,२७,मंशिर

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भए पछि अहिले उनका बारेमा निकै बहस पनि हुन थालेका छन् । "/>

रेशम चौधरीले भने -म दोषी छैन,अब चाँडै नेपाल फर्किन्छु

रेशम चौधरीले भने -म दोषी छैन,अब चाँडै नेपाल फर्किन्छु

केन्द्रबिन्दु
0
Shares

धनगढी ,२७,मंशिर

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भए पछि अहिले उनका बारेमा निकै बहस पनि हुन थालेका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् ।राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट उम्मेदवार बनेका चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारीले १३ हजार ४ सय ६ मत मात्र पाएकी छिन् ।  निर्वाचन कार्यालयले चौधरीलाई विजयी घोषणा गरे लगत्तै भारतको एक अज्ञात स्थलबाट कुरा गर्दै चौधरीले वारेस मार्फत् विजयी प्रमाणपत्र दिलाई दिन मिडियाले सहयोग गर्नु पर्ने बताए ।
‘मलाई जनताले निर्दोष प्रमाणित गरिदिएका छन् । मेरो उम्मेदवारी वारेस मार्फत् नै दर्ता भएको थियो’, चौधरीले भने, ‘अब विजयी प्रमाणपत्र पनि वारेस मार्फत् नै दिलाइदिन मिडियाकर्मी साथीलाई आग्रह गर्दछु ।’ यद्यपी निर्वाचन कार्यालयले चौधरीलाई प्रमाणपत्र दिने विषयमा कुनै निर्णय गरिसकेको छैन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको अवस्थामा अब आफू चाँडै स्वदेश फर्किने चौधरीले बताए । ‘म अब छिट्टै स्वदेश फर्किन्छु । म दोषी छैन । दोषी भए किन यत्ति धेरै मतले विजयी भए ?’, चौधरीले प्रश्न गर्दै भने, ‘टीकापुर घटनाको दोषी माथि कारबाही हुनु पर्छ । निर्दोष जेलमा परेकालाई छोड्नु पर्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo