फिफा विश्वकप २०२६ : उज्वेकिस्तानलाई हराएर कोलम्बिया शीर्षमा

फिफा विश्वकप २०२६ : उज्वेकिस्तानलाई हराएर कोलम्बिया शीर्षमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । दोस्रो हाफको दुई गोलको मद्दतले कोलम्बियाले फिफा विश्वकप २०२६ मा बिहीबार उज्वेकिस्तानलाई ३–१ ले हराएको छ । यससँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ ।

यसै समूहको पहिलो खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि कोलम्बिया समूह ‘के’ मा बलियो स्थितिमा पुगेको छ ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा ड्यानिएल मुनोजले भलिबाट गरेको उत्कृष्ट गोलको मद्दतले कोलम्बियाले ४० औं मिनेटमा अग्रता लिएको थियो ।
विश्वकपमा डेब्यु गरिरहेको उज्वेकिस्तान खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । प्रशिक्षक फाबियो कानाभारोको नेतृत्वमा उज्वेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेको हो ।

उज्वेकिस्तानले दोस्रो हाफमा बलियो चुनौती पेस गरेको हो र यसैक्रममा एबोसबेक फायजुलेभले हेडबाट गोल गरेका हुन् । तर कोलम्बिया ६५ औं मिनेटमा डियाजको गोलमा फेरि अग्रता लिन सफल रह्यो ।दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा जमिन्टन काम्पाजले कोलम्बियाको लागि तेस्रो गोल थपे । अब पोर्चुगलले उज्वेकिस्तान र कोलम्बियाले डीआर कंगोको सामना गर्नेछ ।

Logo