आईकार सुपर भी२३ लाई ‘डिजाइनको ओस्कार’ मानिने रेड डट अवार्ड २०२६ उपाधि

आईकार सुपर भी२३ लाई ‘डिजाइनको ओस्कार’ मानिने रेड डट अवार्ड २०२६ उपाधि

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । क्लासिक र आधुनिकताको उत्कृष्ट समीश्रण मानिएको ‘आईकार सुपर भी२३’ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘रेड डट अवार्ड: डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ। जर्मनीमा आयोजित उक्त प्रतिस्पर्धामा उत्कृष्ट ठहरिँदै यस गाडीले विश्वव्यापी मञ्चमा आफ्नो बलियो उपस्थिति दर्ता गराएको हो।

सन् १९५५ मा स्थापना भएको ‘रेड डट डिजाइन अवार्ड’ लाई विश्वकै तीन ठूला र प्रतिष्ठित डिजाइन सम्मानहरूमध्ये एक मानिन्छ। ‘आईएफ डिजाइन अवार्ड’ र ‘आईडीइए’ सँगै तुलना गरिने यस अवार्डलाई डिजाइन जगतको ‘ओस्कार’ उपनामले समेत चिनिन्छ। यो ऐतिहासिक जितले आईकाउर कम्पनीको मौलिक डिजाइन क्षमतालाई प्रमाणित मात्र गरेको छैन, बरु सुपर भी२३ मोडलले क्लासिक डिजाइन, स्पेसको व्यावहारिक प्रयोग र बहु-उपयोगी अनुभवमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको कुरालाई समेत स्पष्ट पारेको छ।

पूर्ण रूपमा इलेक्ट्रिक प्लेटफर्ममा आधारित यस भी२३ मोडलको डिजाइन निकै आकर्षक र मजबुत रहेको छ। यसमा गाडीको चारवटै पाङ्ग्राहरूलाई कुना-कुनामा (फोर-ह्विल-एट-द-कर्नर्स) राखिएको छ, जसले गर्दा यसलाई ४३ डिग्रीको एप्रोच एङ्गल, ४१ डिग्रीको डिपार्चर एङ्गल र २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ।

यही विशेषताका कारण यो इभीले सडकमा निकै दमदार र बलियो ‘रग्ड’ लुक्स पाएको छ। यसको चौडाइ र उचाइको अनुपात लगभग १:१ रहेकाले गाडी हेर्दा निकै सन्तुलित र आकर्षक देखिन्छ। साथै, यसको बक्सी (बाकस आकारको) बनावट र तिखो सर्फेस डिजाइनले यसलाई थप बलियो र सुदृढ देखाएको छ।

वर्तमान समयमा विश्वभर नै बक्सी र क्लासिक डिजाइनका गाडीहरूको लोकप्रियता पुनः तीव्र रूपमा बढिरहेको छ। चल्तीको धारभन्दा फरक र संझौताहीन डिजाइन दर्शन बोकेको भी२३ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा मात्र नभई उपभोक्ता बजारमा पनि उत्तिकै प्रसंशा र लोकप्रियता कमाइरहेको छ।

कम्पनीका अनुसार आगामी दिनहरूमा पनि नयाँ विधाको सिर्जना र मौलिक डिजाइनमा केन्द्रित रहँदै विश्वभरका युवा प्रयोगकर्ताहरूका लागि अद्वितीय र मूल्यवान उत्पादनहरू ल्याइनेछ।

कम्पनीको यही सोचलाई अहिले ‘राइड टु चियर’ नामक विश्वव्यापी इभेन्टहरूमार्फत मूर्त रूप दिइँदै आएको छ, जहाँ प्रयोगकर्ताहरूले आउटडोर ट्रिप, गाडी कस्टमाइजेसन टुर र इन-स्टोर अनुभवहरूका माध्यमबाट रमाइलो पलहरू साटासाट गरिरहेका छन्।

Logo