काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेशनल सेकेण्डरी स्कुल ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा लिभरपुललाई उक्त सम्मान प्रदान गरिएको हो।
लिभरपुलले अध्ययन–अध्यापनलाई प्रभावकारी र परिणाममुखी बनाउन नवीनतम शैक्षिक अभ्यास, प्रविधिमैत्री कक्षा व्यवस्थापन तथा विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली अवलम्बन गर्दै आएको छ।
लिभरपुल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस स्कुलले कक्षा ११ र १२ का साथै मन्टेश्वरीदेखि स्नातक तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।
शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ।
शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ। स्कुलले विश्वभरका उत्कृष्ट मेन्टरहरूसँग विद्यार्थीहरूलाई जोड्दै प्रयोगात्मक र व्यावहारिक सिकाइमा जोड दिँदै आएको छ। किफायती शुल्कमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विश्वस्तरीय शिक्षा प्रदान गर्नु यस स्कुलको मुख्य विशेषता हो।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया