काठमाडौं । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक फोटोन आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड, २०२६’बाट सम्मानित भएको छ ।
उक्त अवार्ड एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालि प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन् । यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
नेपालभर २,००० भन्दा बढी फोटोन सवारीसाधन आपूर्ति भइसकेको छ । यससँगै ब्रान्डले नेपालको कमर्शियल यातायात क्षेत्रमा मजबुत उपस्थिति स्थापित गरेको छ । फोटोनका भरपर्दा ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्शियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भने दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरूलाई पनि सहयोग पुर्याएका छन् ।
यो सम्मानले फोटोनको इलेक्ट्रिक मोबिलिटी प्रवद्र्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार र आर्थिक वृद्धिलाई सहयोग गर्ने उन्नत कमर्शियल भेहिकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई मान्यता दिएको छ ।
विश्वव्यापी रूपमा फोटोन नवप्रवर्तन, विश्वसनीयता तथा इन्टेलिजेन्ट मोबिलिटी समाधानका लागि परिचित छ। ब्रान्डले इलेक्ट्रिक मोबिलिटी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा–दक्ष यातायात समाधानसहित नयाँ पुस्ताका कमर्शियल भेहिकल प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ । गुणस्तर, टिकाउपन, प्रदर्शन क्षमता र प्रविधिगत प्रगतिप्रतिको प्रतिबद्धताले ँइत्इल् लाई विश्वभरका व्यवसायहरूको विश्वास दिलाएको छ ।





























प्रतिक्रिया