सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ ।

यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चश्मा वितरण गरिएको थियो ।

शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो । उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई यस सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिने छ ।

शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Logo