फिफा विश्वकप २०२६ : चेक र दक्षिण अफ्रिका १–१ को बराबरी

फिफा विश्वकप २०२६ : चेक र दक्षिण अफ्रिका १–१ को बराबरी

केन्द्रबिन्दु
0
Shares

एटलान्टा । चेक र दक्षिण अफ्रिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो खेलमा पनि विजय हात पार्न सकेनन् । एट्लान्टामा बिहीबार यी दुई टोलीबीच भएको खेल १–१ को बराबरीमा टुंगिएको छ । यस नतिजाले यी दुईमध्ये एक टोली समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।

दक्षिण अफ्रिका उद्घाटन खेलमा सहआयोजक मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेकमाथि दक्षिण कोरियाले २–१ को विजय हात पारेको थियो । चेकले दक्षिण कोरियासँगको पहिलो खेलमा पनि १ गोलको अग्रता लिएको थियो, तर पछि १–२ को पराजय भोगेको थियो ।

मिकल साडिलेकले छैटौं मिनेटमा गरेको गोलमा चेकले एटलान्टामा दक्षिण अफ्रिकाविरुद्ध मध्यान्तरसम्म १–० को अग्रता लिएको थियो । अन्त्यमा चेक उही दक्षिण कोरियासँगको खेलमा जस्तै हालतमा पुगेको थियो ।

टेबोहो मोकोइनाले पेनाल्टीमा गोल गरेपछि दक्षिण अफ्रिकाले ८३ औं मिनेटमा खेल १–१ को बराबरीमा ल्याएको थियो । थापेलो मासेकोले गरेको प्रहार पाभेल सुल्जले हातले रोक्न पुगेपछि महिला रेफ्री टोरी पेन्सोले दक्षिण अफ्रिकालाई पेनाल्टी दिएकी हुन् ।

पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेको दक्षिण अफ्रिकाले पहिलो गोलपछि चेकलाई उच्च दबाब दिए पनि थप गोल गर्न भने सकेन ।

Logo