काठमाडौं,२६,मंशिर
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवानबाट प्रभावित धादिङ र गोरखामा यस अघि मुआब्जा निर्धारण भइसकेका सबै स्थानीय बासिन्दालाई चालु आर्थिक वर्ष भित्रै रकम वितरण गर्ने तयारीमा सरकार जुटेको छ । "/>

बूढीगण्डकी आयोजना प्रभावितलाई मुआब्जा वितरण यसै वर्ष

बूढीगण्डकी आयोजना प्रभावितलाई मुआब्जा वितरण यसै वर्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवानबाट प्रभावित धादिङ र गोरखामा यस अघि मुआब्जा निर्धारण भइसकेका सबै स्थानीय बासिन्दालाई चालु आर्थिक वर्ष भित्रै रकम वितरण गर्ने तयारीमा सरकार जुटेको छ ।  गत कात्तिक २६ गतेको मन्त्रीपरिषदको निर्णयले चिनियाँ कम्पनीसँगको सम्झौता खारेजी गरेर नेपाल विद्युत् प्राधिकरणलाई निर्माणको जिम्मा दिए लगत्तै विगत लामो समय देखि रोकिएको मुआब्जा वितरणको काम विशेष कार्ययोजनाका साथ पुनः सुचारु गरिएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना वातावरणीय, पुर्नस्थापना, पुर्नवास तथा मुआब्जा वितरण इकाईका संयोजक कृष्ण कार्कीका अनुसार यो वर्ष १० अर्ब रुपियाँ मुआब्जा वितरण गर्नका लागि केही दिन अघि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । संघ तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेकाले अब मुआब्जा वितरणलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ । आयोजनाका लागि करिब ६० अर्ब रुपियाँ मुआब्जा बितरणको अनुमान गरिएको छ । गत वर्ष पाँच अर्ब रुपियाँ वितरण गरि सकिएको छ । चालु आर्थिक वर्षमा १० अर्ब रुपियाँ वितरण गरिसकेपछि अर्थ मन्न्त्रालयसँग पुनः थप बजेटको माग गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । धादिङ र गोरखा जिल्लाको सीमानामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाले छिटो मुआब्जा बितरण गर्न र स्थानीय बासिन्दासँग गरिएका सम्झौता कार्यान्वयनमा ल्याई आयोजनाको निर्माणमा लाग्न सरकारलाई आग्रह गरिरहेका बेला मुआब्जा वितरणको कार्य सुरु गरिएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo