काठमाडौं,२६,मंशिर
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये सोमबार राति ११ बजे सम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणाम अनुसार एमाले माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन् । एमालेले सबै भन्दा बढी ७६ र माओवादीले ३६ गरी कुल १ सय १२ स्थान जितेका हुन् । त्यसैगरी कांग्रेसले २१, संघीय समाजवादी फोरमले १० र राजपाले १० स्थानमा जित हात पारेका छन् । नयाँशक्ति, राजमो, नेमकिपा र राप्रपाले एक एक स्थानमा जित निकालेका छन् भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब ७ स्थानको मात्रै नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी मध्ये पाँच स्थानमा एमाले र दुई स्थानमा राजपाको अग्रता छ।
३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २७ र कांग्रेसले ३९ स्थान जितेका छन्। त्यसैगरी संघीय समाजवादी फोरम नेपाल २२, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन्। अन्य क्षेत्रको मत गणना जारी छ।
अन्नपूर्णबाट































प्रतिक्रिया