दिल्लीलाई २०१ रनकाे विशाल लक्ष्य

दिल्लीलाई २०१ रनकाे विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०० रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ५५ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ३७ रनमा अविजित रहे ।

दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए । मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए ।  ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने ।

Logo