ब्राजिलका राफिन्हा घाइते

ब्राजिलका राफिन्हा घाइते

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह सीको दोस्रो खेलका क्रममा ब्राजिलका राफिन्हा (११) घाइते भएका छन्। फिलाडेल्फियामा हाइटीविरुद्धको खेलमा ४०औँ मिनेटमा घाइते भएपछि उनले मैदान छाडेका छन्।

खेल दौरानमा मांसपेशीको समस्याका कारण उनी खेल्न नसक्ने भएका हुन्। राफिन्हा मैदानबाट बाहिरिँदै गर्दा सहकर्मी खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए ।

बर्सिलोनाबाट व्वसायिक फुटबल खेलिरहेका राफिन्हा तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ, सटीक पास र क्रस र गोल गर्ने क्षमताका कारण चर्चामा छन् ।
राइटविंगबाट खेल्ने र बायाँ खुट्टाले भित्र कट गरेर आक्रमण सिर्जना गर्ने राफिन्हाको अनुपस्थिती ब्राजिलको लागि महंगो पर्न सक्छ।

Logo