दैलेखका सबै स्थानमा वाम गठबन्धन विजयी

दैलेखका सबै स्थानमा वाम गठबन्धन विजयी

केन्द्रबिन्दु
0
Shares

दैलेख, २४ मंसिर । दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं। १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७ सय ७३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २ सय ५३ मत प्राप्त गरेका थिए ।

यसैगरी क्षेत्र नं २ बाट राजबहादुर बुढाले २३ हजार ३ सय २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शिवराज जोशीले १६ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले १० हजार ३ सय ६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व काँग्रेसका जिल्ला सभापति कृष्णकुमार विसीले ८ हजार ७ सय ६२ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा (ख) मा एमालेका अम्मरबहादुर थापाले १२ हजार ५ सय ६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगतजंग थापाले १० हजार ५ सय ८४ मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका सुशील थापाले ११ हजार ८४ मत प्राप्त गरी विजयी भएका थिए । उनले काँग्रेसका मधुविक्रम खनाललाई २ हजार ७ सय ८६ मतान्तरले पराजित गरेका थिए ।

प्रदेशसभा (ख) मा एमालेका राजबहादुर शाहीले ११ हजार ४ सय ४५ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिक्पाल शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए ।

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै धर्मराज रेग्मीले दैलेखको समग्र विकासमा आफ्नो योगदान हुने र वाम गठबन्धनले लिएको नीतिअनुसार जिल्ला र आफ्नो क्षेत्र समृद्धि गर्ने अभियानमा लाग्ने बताए ।

त्यस्तै जित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं अमर थापाले आफू दैलेखको सांसद हुँदा शुरु गरेका र पूरा हुन नसकेका ठूला विकासे योजना तत्काल पूरा गर्ने, दैलेख सदरमुकाम हुँदै महावु सडकखण्डकोे निर्माण कार्यलाई तीव्रता दिने, दैलेख सुर्खेत सडकखण्ड दुई लेनको बनाउने र दैलेखको समग्र विकासमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै युवा बेरोजगारी समस्या समाधान गर्ने कार्यमा आफू लागिरहने बताए ।

Logo