खोलामा डुबेर दुई बालिकाको मृत्यु

खोलामा डुबेर दुई बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरेन्द्रनगर १० पठानटोलका दीपक थापाकी १४ वर्षीया सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया कल्पना रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा दुवै बालिका डुबेको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो । ‘दुवै बालिकाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियौं,’ प्रहरी निरीक्षक श्यामप्रकाश यादवले भने, ‘अस्पताल पुगेको केही समयमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गर्यो । घटनाबारे थप अनुसन्धान सुरु गरेका छौं ।’

Logo