वैभव सूर्यवंशीको विस्फोटक इनिङ्स, श्रीलंका एविरुद्ध २९ बलमा हाने ९४ रन

वैभव सूर्यवंशीको विस्फोटक इनिङ्स, श्रीलंका एविरुद्ध २९ बलमा हाने ९४ रन

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । भारतीय युवा क्रिकेट स्टार वैभव सूर्यवंशीले श्रीलंका एविरुद्धको त्रिदेशीय शृंखलाको फाइनलमा आइतबार अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

भारत ए का ओपनर सूर्यवंशीले मात्र २९ बलमा ९४ रनको विस्फोटक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १० चौका र ८ छक्का प्रहार गर्दै ३२४ भन्दा बढी स्ट्राइकरेट कायम गरेका थिए। उनी शतकबाट केवल ६ रनले चुके पनि उनको इनिङ्स खेलकै मुख्य आकर्षण बन्यो।

१५ वर्षीय सूर्यवंशीले केवल ११ बलमा अर्धशतक पूरा गर्दै लिस्ट–ए क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान समेत आफ्नो नाममा लेखाए। यससँगै उनले करिब दुई दशक पुरानो कीर्तिमान तोडेका छन्।

उनको आक्रामक ब्याटिङका कारण भारत ए सुरुआतदेखि नै बलियो अवस्थामा पुगेको थियो।

Logo