नेपालगन्ज ,२४,मंशिर

सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेला भारत लैजान लागिएको १४ किलो चरेस सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । "/>

१४ किलो चरेस सहित चार जना पक्राउ

१४ किलो चरेस सहित चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज ,२४,मंशिर

सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेला भारत लैजान लागिएको १४ किलो चरेस सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा गस्तीमा गएको संघीय प्रहरी इकाइ नेपालगन्जको अनुसन्धान टोलीले शुक्रबार राति बाँके जिल्लाको बैजनाथ गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार जाजरकोट कुशेगाउँपालिका ८ का २७ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँका ३० वर्षीय रामबहादुर खत्री, २२ वर्षीय प्रेम खत्री र ४३ वर्षीय प्रेमबहादुर खत्रीलाई संघीय प्रहरी इकाइ नेपालगन्जको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुबाट केही नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
अन्नपूर्णबाट

Skip This
Skip This
Logo