संगठनात्मक व्यवहार र कर्मचारीको मनोविज्ञान

संगठनात्मक व्यवहार र कर्मचारीको मनोविज्ञान

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सामान्यतः संगठनात्मक व्यवहार भनेको कुनै पनि संस्था, कार्यालय वा संगठनभित्र मानिसहरूले (कर्मचारीहरूले) वा कर्मचारी माथि गरिने व्यवहार वा वैज्ञानिक अध्ययन नै हो। संगठनात्मक व्यवहारको प्रभावकारिताले कुनै पनि कार्यालयको उदेश्यको प्राप्तिमा प्रभाव पार्दछ । यसको प्रभाबकारिताले सङ्गठनभित्रका व्यक्ति र समूहको मनोविज्ञान, दृष्टिकोण र कार्यशैलीको अध्ययन गर्दछ । यसको सही प्रयोगद्वारा कर्मचारीलाई उत्प्रेरित गरी उच्च कार्यसम्पादन कायम राख्दै सङ्गठनात्मक प्रभावकारिता र लक्ष्य प्राप्ति गर्न सकिन्छ।

परापूर्वकालदेखि नै मानव सभ्यताको विकाससँगै समाजमा मानिसहरु विभिन्न कारणले गर्दा समुहमा बस्न थालेका हुन् । मानिस स्वंयमा परिपूर्ण नभएकोले आफ्नो आवश्यताका लागी समूह बनाएर बस्न थालेका हुन। समूहमा बस्दा आफ्ना समान उद्देश्य, लक्ष्य, मूल्य, मान्यता र वैचारिक एकरूपता कायम गरेको पाइन्छ । यिनै सङ्गठित समूहहरूको समष्टिबाट समाज र विभिन्न समाजको समष्टिगत उद्देश्य, लक्ष्य,मूल्य र मान्यतामा एकरूपता र सर्वसम्मति हासिल भएपछि एउटा बृहत् समाजका रूपमा राष्ट्रले अस्तित्व पाउँछ ।

प्रारम्भमा सैनिक क्रियाकलाप र धार्मिक कार्यबाट विकसित भएको सङ्गठित कार्य आज मनोरञ्जन,खेलकुद जस्ता ऐच्छिक सङ्गठनदेखि लिएर व्यावसायिक एवं सरकारी निकाय जस्ता औपचारिक सङ्गठनका रूपमा कार्यरत रहेको पाइन्छ । यसरी स्थापित एवं कार्यरत सङ्गठनको निर्दिष्ट लक्ष्य प्राप्तिका लागि त्यसमा कार्यरत कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुन्छ । कर्मचारीहरूको स्वभाव, दृष्टिकोण, व्यवहार, आकाङ्क्षा तथा समूहगत मूल्य, मान्यता एवं विश्वास जस्ता व्यावहारिक पक्षहरूबाट नै उनीहरूको कार्यक्षमता र सङ्गठनात्मक प्रभावकरिता प्रभावित हुन्छ । सङ्गठनमा कार्यरत व्यक्ति एवं समूहको व्यवहारका विभिन्न पक्षहरू अवगत गरी उनीहरूलाई अपेक्षित प्रतिफल हासिल गर्ने गराउनेतर्फ निर्देशित गर्न व्यवस्थापकले सदासर्वदा ध्यान दिनुपर्ने हुन्छ ।

संगठनमा रहेका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति एवं प्रभावकारिता हो । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति व्यक्तिले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ । कुनै पनि संगठनको व्यक्ति वा कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ ।

संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् । संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ । यो एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।यसले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यस संस्कृतिको उद्देश्य समूहका सदस्यहरू एकअर्का र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो।

कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ ।

आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन् ।

व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता प्रशासनिक संगठनहरूमा विभिन्न नकारात्मक चरित्रहरुले प्रभाब पारेको पाइन्छ। कर्मचारीहरू हाकिमको निर्देशन पर्खने, समन्वय गर्न नचाहने, आलोचना सुन्न नचाहने, र पदानुक्रमको सम्मान गर्ने प्रवृत्तिमा बाँधिएका हुन्छन्। उनीहरू कार्यप्रविधिमा परिवर्तन गर्न नचाहने, टीमवर्क र सूचना साझेदारी गर्न नरुचाउने, र समय पालना र निर्णय लिन ढिलो गर्ने प्रवृत्तिमा पनि देखिन्छन्।

यथास्थितिमा काम गर्न मन पराउने र नवीनतम विधिहरू प्रयोग गर्न चाहने कम देखिन्छ। त्यस्तै, निर्णय गर्दा जोखिम नलिने, प्रक्रिया पूरा गर्न चाहने, र नागरिकको पीरमर्कामा संवेदनशील नहुनु पनि एक महत्वपूर्ण सांस्कृतिक चरित्र हो। यी सबै नकरात्मक विशेषताहरू सार्वजनिक प्रशासनको कार्यप्रदर्शन र कार्यशैलीमा अवरोध उत्पन्न गर्दछन्, जसले सुधारको आवश्यकता जनाउँछ। प्रशासनिक संगठनहरूमा विभिन्न नकारात्मक सांस्कृतिक चरित्र पाइन्छ।

कर्मचारीहरू हाकिमको निर्देशन पर्खने, समन्वय गर्न नचाहने, आलोचना सुन्न नचाहने, र पदानुक्रमको सम्मान गर्ने प्रवृत्तिमा बाँधिएका हुन्छन्। उनीहरू कार्यप्रविधिमा परिवर्तन गर्न नचाहने, टीमवर्क र सूचना साझेदारी गर्न नरुचाउने, र समय पालना र निर्णय लिन ढिलो गर्ने प्रवृत्तिमा पनि देखिन्छन्। यथास्थितिमा काम गर्न मन पराउने र नवीनतम विधिहरू प्रयोग गर्न चाहने कम देखिन्छ। त्यस्तै, निर्णय गर्दा जोखिम नलिने, प्रक्रिया पूरा गर्न चाहने, र नागरिकको पीरमर्कामा संवेदनशील नहुनु पनि एक महत्वपूर्ण सांस्कृतिक चरित्र हो। यी सबै नकरात्मक विशेषताहरू सार्वजनिक प्रशासनको कार्यप्रदर्शन र कार्यशैलीमा अवरोध उत्पन्न गर्दछन्।

सङ्गठनात्मक व्यवहारको अध्ययन गर्दा विभिन्न कुराले प्रभाव पारेको हुन्छ। विश्वव्यापीकरणले गर्दा भौगोलिक सीमा भन्दा बाहिर गएर काम गर्नुपर्दा सङ्गठनात्मक व्यवहारमा पनि असर पर्न सक्दछ । किनकी विभिन्न संस्कृति, धर्म र सम्प्रदायका मानिसहरूबीच मेल खाने गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कर्मचारीहरूमा विषमताले गर्दा एउटै देशभित्रका कर्मचारीहरूबीच जाति, लिङ्ग, धर्म र सम्प्रदायका दृष्टिकोणले कार्यालयमा विषमता हुन्छ र प्रभावकारी ढङ्गले व्यवस्थित गर्नुपर्ने हुन्छ । दुर्गमबाट सरुवा भएर आएका कर्मचारी प्रति देखाउने व्यवहारहरु परिबर्तन हुनु पर्छ। आजको युग प्रतिस्पर्धात्मक हो। प्रतिस्पर्धा बाट आएका कर्मचारी प्रति समान व्यवहार र जिम्बेवारी प्रदान गरिनु पर्दछ। कर्मचारीको व्यक्तिगत व्यवहार र शैली, सङ्गठन संरचना र सामाजिक उत्तरदायित्व र व्यवस्थापकीय आचरण, प्रविधिको विकास ,परिस्थितिअनुसार हुनका लागि दबाब, परम्परागत व्यवस्थापन शैलीको ठाउँमा सहभागितामूलक संस्कृति एवं समावेशी अवधारणाको अवलम्बन गर्नु पर्छ।

संगठनात्मक व्यवहारको अध्ययनले संगठन र संगठनमा कार्यरत कर्मचारीलाई संस्थागत तथा व्यक्तिगत लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ भनेर मार्गनिर्देश गर्दछ । विभिन्न समुदाय वा जातीबाट प्रतिनिधित्व गर्ने कर्मचारिहरुको व्यक्तिगत क्षमतामा सुधार गर्न के कस्ता व्यवस्थापकिय क्षमतामा सुधार गर्नुपर्छ र ती कर्मचारीहरुका अपेक्षा, चाहना र कार्यगत स्वभाव के कस्ता हुन्छन् भनेर पनि जानकारी पाउन सकिन्छ ।

किनभने संगठनात्मक व्यवहारले संगठनमा काम गर्ने व्यक्ति, समूह र सँरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर समग्र व्यवसायिक वतावरणमा के कस्तो हुने गर्छ भनेर हेर्ने काम गर्छ । संगठनामा संगठनात्मक व्यवहार ठिक ढंगले हुनसक्यो भने तहगत रुपमा संस्थागत उपलब्धि हासिल गर्न सकिन्छ । साथै, एकल कर्मचारी वा समुहगत कर्मचारीको उपयुक्त ढंगले प्रयोग तथा परिचालन गर्न सकिन्छ । साथै, कर्मचारी कर्मचारी बीच हुने कार्यगत समस्या वा समुह समुह बिच हुने कार्यगत असमानतालाई समयमै समाधान गर्न सकिन्छ । यसबाट संगठनलाई सुधार गर्दै संगठनलाई दीर्घकालिन रुपमा विकास गर्न सकिन्छ ।

संगठनमा कर्मचारीहरुमा तनाव व्यवस्थापनको अभाव, उत्प्रेरणामा कमी, उचित तालिमको अभाव, कार्य वातावरणमा ह्रास, वृत्तिविकासमा देखिएको पक्षपात, राम्रोभन्दा हाम्रो भन्ने मान्यता संगठनात्मक व्यवहार अध्ययनका प्रमुख बाधक बिषय भएकाले व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी अघि बढ्नु पर्दछ । कर्मचारीलाई कसरी काममा लगाउँदा वा के कुराले प्रोत्साहन गर्दा उनीहरूले राम्रो नतिजा दिन्छन् भन्ने कुरा थाहा पाउनु पर्दछ।

कार्यालयमा कर्मचारीहरूबीच हुने असमझदारी वा विवादलाई कसरी सकारात्मक रूपमा समाधान गर्ने ,कार्यसम्पादन सुधार्नका लागि कर्मचारीको व्यवहार र कार्यशैली बुझेर मात्र उदेश्य एस्थापना गरेको खण्डमा संस्थाको उत्पादकत्व बढाउन र लक्ष्य हासिल गर्न मद्दत पुग्छ। संगठनात्मक व्यवहारका परिवर्ति सोचहरु जस्तै, गुणस्तर र उत्पादकत्व, प्रविधी र उत्खन्न, नैतिकता,विश्वव्यापी वातावण र प्रभाव , बहु सँस्कृतिक पक्षको व्यवस्थापन, खोज तथा अनुसन्धान, कर्मचारी व्यवस्थापन निती नियम,राष्ट्रिय नितिनियम, अन्तराष्ट्रिय नीति नियम हुन् । यी परिवर्तित सोचलाई ध्यान दिँदै सँगठनात्मक व्यवहारका व्यक्तिगत तह वा समूहगत तह वा संगठनात्मक तहका तहगत कामहरु गर्नुपर्छ ।

संगठनात्मक व्यवहारलाई चुस्त तथा प्रभाकारी बनाउन संगठन भित्र प्रविधिको विकास गर्न, कर्मचारिहरुको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा समय सापेक्ष सुधार ल्याउन जरुरी छ । संगठनको व्यवस्थापना संरचना धेरै कडा छ भने कर्मचारीहरू खुलेर काम गर्न सक्दैनन्। तर यदि संरचना लचिलो छ भने कर्मचारीहरूमा रचनात्मकता बढ्छ र उनीहरूको व्यवहार बढी सहयोगी हुन्छ र कार्यसम्पादनमा प्रभावकारिता पैदा हुन्छ। व्यस्वथापनले सूचनाहरू व्यवस्थापन गर्दा माथिल्लो तहबाट तल्लो तहमा कसरी पुग्छन् भन्ने कुरा संरचनामा भर पर्छ। माथिल्लो तह बाट आएको सूचना तल्लो तहसम्म पुडा सम्म त्यसकाे विश्वनियतामा शंका गर्ने स्थान रहन्छ, जसले सुधारको आवश्यकता जनाउँछ।

सार्वजनिक प्रशासनमा संगठनात्मक कार्यसंस्कृतिको महत्त्व अत्यधिक छ । संगठनले कर्मचारीलाई खुसी बनाउने वातावरण सिर्जना गर्दा मात्रै सेवाग्राहीलाई पनि खुसी बनाउन सकिन्छ। यसका लागि कर्मचारीलाई सक्षम र परिवर्तनशील बनाउनु आवश्यक छ। सार्वजनिक प्रशासनले अधिकार र स्रोतसाधनको प्रयोगमा उत्तरदायी हुनु पर्नेछ, र निजामती सेवाले जनताको पक्षमा उत्कृष्ट कार्य गर्न अनिवार्य संस्कृतिको विकास गर्नुपर्छ।

प्रविधिले कर्मचारीलाई आवश्यक उपकरण र सुविधाहरू दिन्छ। जस्तै, अनलाइन सफ्टवेयर वा कम्प्युटर प्रणालीले काम गर्दा कर्मचारीहरूबीचको प्रत्यक्ष भेटघाट कम र डिजिटल सञ्चार बढी हुन सक्छ। उपयुक्त प्रविधिको प्रयोगले कार्य सम्पादनमा सजिलो बनाएर सन्तुष्टि दिन्छ भने जटिल वा पुरानो प्रविधिले कर्मचारीमा तनाव पैदा गरेको पनि हुन सक्छ। जसले सिधै उनीहरूको व्यवहारमा असर गर्छ। समग्र रुपमा देशको श्रम ऐन, कर नीति, वा प्रशासनिक नियमहरूले संस्थाको कार्य वातावरणलाई प्रभाव पार्छन्। साथै सामाजिक र सांस्कृतिक परिवर्तन, समाजको माग, ग्राहकको चाहना, र सांस्कृतिक मूल्य-मान्यता अनुसार संस्थाले आफ्ना कर्मचारीको कार्यशैली र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ।

संगठनमा संगठनात्मक व्यवहार ठिक ढंगले वा प्रभावकारी रुपमा हुनसक्यो भने तहगत रुपमा संस्थागत उपलब्धि हासिल गर्न सकिन्छ । साथै, एकल कर्मचारी वा समुहगत कर्मचारीको उपयुक्त ढंगले प्रयोग तथा परिचालन गर्न सकिन्छ । साथै, कर्मचारी कर्मचारी बीच हुने कार्यगत समस्या वा समूह समूहबिच हुने कार्यगत असमानतालाई समयमै समाधान गर्न सकिन्छ । यसबाट संगठनलाई सुधार गर्दै संगठनलाई दीर्घकालिन रुपमा विकास गर्न सकिन्छ ।

(पाण्डे काष्ठमण्डप स्कुल अफ पब्लिक अफियर्स म्यानेजमेन्टमा स्नातकोत्तर तह अध्ययनरत छन्)

Logo