अझै सुरु भएन रास्वपाको बन्दसत्र

अझै सुरु भएन रास्वपाको बन्दसत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र एक घण्टा ढिलाइ हुँदा पनि सुरु भएको छैन। बिहान ८:३० बजे सभापति रवि लामिछाने आएपछि बन्दसत्र सुरु गरिने भनिएको थियो तर साढे ९ भइसक्दा पनि बन्दसत्र सुरु गरिएको छैन।

अहिलेसम्म बन्दसत्र हलमा कुर्सी नै मिलाइएको छैन। सभापति लामिछाने पनि आइपुगेका छैनन्। उनी आइतबार प्रधानमन्त्री बालेन्द्र शाहसँगै १९ किलोमीटर दुरीमा रहेको एक रिसोर्टमा राती बसेका थिए।

यता बन्दसत्र सुरु नहुँदा कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन। केन्द्रीय सदस्यका दाबेदारले फर्म भरेर बुझाउन पाएका छैनन्।

Logo