काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा जारी पार्टीको पहिलो महाधिवेशनमा महामन्त्री पदमा भिड्ने भएका छन् ।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
उनले भने, ‘पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु ।’





























प्रतिक्रिया