पासपोर्ट खरिद प्रकरणः १८ जनाविरुद्ध मुद्दा, १० अर्ब बढीको बिगो

पासपोर्ट खरिद प्रकरणः १८ जनाविरुद्ध मुद्दा, १० अर्ब बढीको बिगो

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईंलगायत १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये १० जना कर्मचारी छन् ।

उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी गरिएको छ ।

Logo