काठमाडाैं । ट्रायम्फ मोटरसाइकल्स नेपालले ‘एपेक्स राइड ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेलहरू हुँदै आयोजना गरिएको यस विशेष एकदिने राइडमा ट्रायम्फ मोटरसाइकल राइडरहरू सहभागी भएका थिए ।
विश्व मोटरसाइकल दिवसको अवसरमा राइडिङको उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राइडरहरूलाई शहरको व्यस्तताबाट केही समय टाढा रहने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । सुन्दर सडक, रोमाञ्चक ट्रेल खण्डहरू, राइडरहरूबीचको आत्मीयता तथा नेपालमा विस्तारिँदै गएको ट्रायम्फ राइडर समुदायको साझा उत्सवले यस राइडलाई विशेष बनाएको थियो ।
यो राइड बूढानीलकण्ठ, डाँडागाउँ, सांग्ला, लिखु खोला र समुद्रदेवीहुँदै अगाडि बढेको थियो । सहभागीहरूले रमणीय सडकहरू, शीतल ट्रेलहरू, नदीकिनारका मार्गहरू र आउटडोर राइडिङ अनुभवहरूको अविस्मरणीय मिश्रण अनुभव गरेका थिए ।
राइडपछि सहभागीहरू नक्सालस्थित बाइकर्स क्याफेमा ट्रायम्फ नेपालद्वारा आयोजित विशेष साँझ कार्यक्रममा एकत्रित भएका थिए । उक्त साँझको प्रमुख आकर्षण १२ वैशाखदेखि १८, २०८३ सम्म सम्पन्न भएको ट्रायम्फ नेपाल इपिक राइड– मनाङ एडिसनको भिडियो प्रिमियर थियो, जसले राइडरहरूलाई ट्रायम्फ नेपालको सबैभन्दा अविस्मरणीय साहसिक यात्रामध्ये एकलाई पुनः स्मरण गर्ने अवसर प्रदान गरेको थियो ।
कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘हामीले यो राइडलाई केवल मोटरसाइकलको मात्र नभई समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौँ । ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ले ट्रायम्फ राइडरहरूलाई एकै ठाउँमा भेला हुने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने, आफ्ना कथाहरू बाँड्ने र मोटरसाइकल यात्राको वास्तविक रोमाञ्च अनुभव गर्ने । हाम्रा लागि सधैँ विशेष कुरा भनेको राइडरहरू आफ्नो मोटरसाइकलसँग मात्र होइन, यात्राका दृश्य, सम्पूर्ण यात्रा र एक–अर्कासँग पनि जोडिएको देख्नु हो ।’





























प्रतिक्रिया