इरान सम्झौताबाट पछि हटे आवश्यक कदम चाल्ने ट्रम्पको चेतावनी

इरान सम्झौताबाट पछि हटे आवश्यक कदम चाल्ने ट्रम्पको चेतावनी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सम्झौताको पालना नगरे आफूले आवश्यक कदम चाल्ने बताएका छन् । पत्रकारहरूसँग ट्रम्पले भने, “यदि, इरान आफ्नो सम्झौताबाट पछि हट्छ वा उसको व्यवहार उचित रहँदैन भने, मैले जे गर्नुपर्छ, त्यही गर्नेछु ।”

पश्चिम एसियामा शान्ति स्थापना गर्ने उद्देश्यका साथ स्विट्जरल्यान्डमा दुवै देशका प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता सम्पन्न भएका बेला ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएको हो । गत साता मात्रै राष्ट्रपति ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका–इरान सम्झौतामा हस्ताक्षर गरेका थिए ।

जुन वित्तीय सम्पत्तिमाथिको प्रतिबन्ध हटाइँदै छ, त्यसको प्रयोग केवल अमेरिकाबाट खाद्य सामग्री खरिद गर्नका लागि मात्र गरिनुपर्ने बताएका छन् ।

“यो सबै पैसा खाद्य सामग्री खरिदमार्फत अमेरिकामै फर्किनेछ, जसको उनीहरूलाई निकै आवश्यकता छ । त्यहाँ ९ करोड १० लाख जनसंख्या छ,” उनले भने, “उनीहरूले आफ्ना नागरिकलाई पर्याप्त खाना उपलब्ध गराउन सकिरहेका छैनन् । त्यसैले हामीले फुकुवा गर्ने रकमबाट हाम्रा किसानहरूले पनि लाभ पाउनेछन् ।”

Logo