काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको छ ।
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा सुर्खेतबाट पक्राउ परेका पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो ।
उनलाई आजै म्याद थपका लागि अदालत लैजाने तयारी छ । पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । त्यहीक्रममा उनी पक्राउ परेका थिए ।





























प्रतिक्रिया