विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत काठमाडौंले अनुमति दिएको छ।

न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले सो अनुमति दिएको हो।

सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा सुर्खेतबाट पक्राउ परेका पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई आजै काठमाडौं ल्याएर म्याद थपिएको हो । अदालतमा सरकारी वकिलहरूले म्याद थपका लागि र पौडेलपक्षका वकिलहरूले पक्राउ गर्नु नै गलत भन्दै बहस गरेका थिए ।

Logo