रवि लामिछाने रास्वापाको सभापतिमा निर्विरोध निर्वाचित

रवि लामिछाने रास्वापाको सभापतिमा निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए ।

केसीले राती १२ बजेसम्म उम्मेदवारको दर्ता हुने बताए । उनले आज बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्ने बताए । उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए ।

Logo