काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।
रास्वपाको प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौं प्रस्थान गरेका हुन्। चितवनको भरतपुरमा रास्वपा महाधिवेशन जारी छ। उनलाई रास्वपा वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ।
महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए । अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया