केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ मंसिर ।
कुल खसेको मतभन्दा बढी मत भेटिएपछि काठमाडौंं क्षेत्र न. ५ को मतगणना स्थगित भएको छ ।
निर्वाचन आयोगले जनाएअनुसार, कुल खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।
बुढानीलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्याको मुचुल्का गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद उत्पन्न भएको थियो ।
विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।































प्रतिक्रिया