काठमाडौं उपत्यका आज १ हजार ३९८ संक्रमित थपिए

काठमाडौं उपत्यका आज १ हजार ३९८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यका आज १ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ६८ हजार ४४९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार २३२ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ६६३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८४ हजार ३४४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । आज ३ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ४३० छ ।

आजको पिसिआर परीक्षण १३ हजार ६८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ७ हजार १९० रहेको छ । आज ३६ हजार ५१४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo